Logo

विन्टर ओलम्पिक खेलमा रुसलाई प्रतिवन्ध



काठमाडौं । दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा रुस सहभागि हुन नपाउने भएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले डोपिङ प्रकरणमा दोषि देखिएको भन्दै रुसलाई प्रतिवन्ध लगाएपछि रुस सहभागि हुन नपाउने भएको हो ।

दक्षिण कोरियाको प्योङचाङमा विन्टर ओलम्पिक सुरु हुन ६३ दिन बाँकी छ । विविसीका अनुसार आगामी ९ फेब्रुअरीमा हुने खेलमा निर्दोष रुसी खेलाडीहरुलाई ओलम्पिक एथलिट फ्रम रसिया (ओएआर)को नामबाट निमन्त्रणा गरिने छ । तर ओलम्पिकमा एक शक्तिशाली देशको भने बन्चित हुने भएको छ ।

सन् २०१४ को ओलम्पिक खेलमा रुसी खेलाडीहरु डोपिङ टेष्टमा फेल भएपछि त्यसको अनुसन्धान थालिएको थियो । स्वीटजरल्याण्डका पूर्वराष्ट्रपति स्यामुअल स्मिटको नेतृत्वमा डोपिङ प्रकरणको छानबिन भएको थियो । लामो समयको अनुसन्धानपछि ओलम्पिक कमिटीले रुसलाई अर्को वर्ष दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा खेल्न नदिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्