Logo

चुनावले गर्दा मापसे गर्ने चालकलाई सचेतना कक्षा छुट



काठमाडौं । प्रतिनीधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा ट्राफिक प्रहरी परिचालन भएपछि उपत्यका ट्राफिक प्रहरी महाशाखाले मापसे गरी सवारी साधन चलाउने र लेन नियम उल्लंघन गर्ने चालकका लागि कारवाहीस्वरुप संचालन गर्दै आएको सचेतना कक्षा मंसिर २३ गतेसम्मका लागि स्थगित गरेको छ ।

मंसिर २१ गते दोस्रो चरणमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी महाशाखामा दैनिक रुपमा संचालन हुने मादक पदार्थ सेवन गरि सवारी चलाउने र लेन अनुशासन पालना नगरी सवारी चलाउने सवारी चालकहरुलाई प्रदान गरिने सचेतना कक्षा मंसिर २३ गते सम्मका लागि स्थगित गरिएको महाशाखाले जनाएको छ ।

मंसिर २४ गतेदेखि नियमित रुपमा सचेतना कक्षा संचालन हुने पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्