Logo

चुनावमा विज्ञापन गर्न फेसबुकमा मात्रै करोडौं खर्चिए उम्मेदवारले



काठमाडौं । सामाजिक सञ्जाल फेसबुकलगायतमा ‘फलानो उम्मेदवारलाई भोट दाीऔँ’ अथवा ‘यो पेज लाइक गरौं’ भन्ने खालका सन्देश नयुजफिडमा देखा पर्छन् ।

प्रविधिको विकाससँगै निर्वाचन आयोगले टोपी, टिसर्ट एवम् भित्ते लेखनमार्फत् प्रचार गर्न रोक लगाएपछि पछिल्लो समय चुनावी प्रचार प्रसारको शैली पनि परिवर्तन भएको हो ।

फेरिएको चुनाव प्रचार शैलीले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौं रुपैयाँ बाहिरिएको छ ।

सामान्य शैलीको चुनाव प्रचारप्रसार नै खर्चिलो भएको भन्दै आलोचना भइरहँदा चुनाव प्रचारप्रसारका नाममा फेसबुक, ट्विटर, युट्युवलगायतका सामाजिक सञ्जालमा करोडौं खर्च भइरहेको छ ।

विशेषगरी फेसबुकमा प्रयोग हुने बुस्ट पेज तथा बुस्ट पोस्ट्जस्ता अप्सनबाट राजनीतिक दल, तीनका उम्मेदवारले पैसा तिरेरै ‘भोट हालौँ’ भन्ने खालका सन्देश धेरै प्रयोगकर्तामाझ पुर्याउने गरेका छन् । नेपाल समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्