Logo

अपाङ्गता दिवसमा अशक्त बालबालीकालाई एभरेष्ट बैंकको सहयोग



काठमाडौं । विश्व अपाङ्गता दिवसको अवसरमा एभरेष्ट बैङ्कले सामाजिक उत्तरदायित्व अन्र्तगत अशक्त बालबालीकालाई सहयोग गरेको छ । डिसेम्बर ३ मा लगनखेलको नमुना मेहेन्द्र सेकेन्डरी स्कुलका दुष्टि बिहीन विद्यार्थीलाई आवश्यक सामाग्री वितरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नायब महाप्रबन्धक राजिव जैनले सामाग्री वितरण गरेका हुन् । बैङ्कले लगनखेल शाखाका साथै देशभरमा विभिन्न शाखाबाट यस्ता कार्यक्रमा गरेको जनाएको छ । बैङ्कले सामाजिक दायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्गगत सहयोग गर्दै आएको छ ।

बैंकले आफ्नो उत्कृष्ट सेवाहरु देशभर फैलिएका ६४ शाखा कार्यालय, २ एक्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएम र पाँच हजार भन्दाबढी भुक्तानी एजेन्टको माध्यमबाट दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्