Logo

दुई लाख सेवाग्राही अझै स्मार्ट लाइसेन्सबिहीन



काठमाडौं । ललितपुर इमाडोलकी अञ्जु कँडेलले स्कुटीको लाइसेन्स परीक्षा पास गरे पनि लाइसेन्स प्राप्त गर्न भने कम्तिमा ६ महिना प्रतिक्षा गर्नुपर्नेछ ।

दुई पटक ट्रायल परीक्षा पास गर्नुभएकी कँडेललाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ६ महिनापछि मात्र लाइसेन्सका लागि सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।

कँडेलको गुनासो छ, पहिलो कुरा त परीक्षाको फारम भर्न नै समस्या छ । राति नै गएर लाइन बसेर फारम बुझाएपछि परिक्षाको लागि कुर्नुपर्छ अनि फेरि लिखित परीक्षा र त्यसपछि ट्रायल परीक्षाको उस्तै झण्झट । ट्रायल पासपछि पनि ६ महिना कुर्नुपर्ने कस्तो समस्या हो यो ?’

यातायात व्यवस्था कार्यालय पुगेका सेवाग्राही प्रायः त्यहाँको समस्याको बारेमा गुनासो गरिरहेको भेटिन्छन् तर सेवाग्राहीलाई भने यसका बारेमा जानकारी पनि नदिइने कँडेलको भनाइ छ । गोरखापत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्