बस र ट्रक जुध्दा ३ जनाको मृत्यु, २७ जना घाइते

बस र ट्रक जुध्दा ३ जनाको मृत्यु, २७ जना घाइते


file photo

बारा ।

बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षाीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काˆलेले जानकारी दिए । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए ।

घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।