Logo

कांग्रेसलाई भोट माग्न तल झरिन इन्दिरा



‘नेताहरुका सामुने आफ्ना कुरा राख्ने र बलियो प्रतिबद्धता खोज्ने चाहना यहाँका मतदाताको रहेको पाइयो’ उनले भनिन्, ‘शेखर’दाको स्पष्ट बोल्ने र संभव हुने कुरामा मात्र प्रतिबद्धता जनाउने स्वभाव यहाँ रुचाइएको छ ।’

बिराटनगर । कांग्रेस नेता डा.शेखर कोइराल निर्वाचन लडेको मोरङ ६ मा धनकुटाबाट बसाई सरेर आएका मतदाताको संख्या ठूलै छ । उनीहरुको मत शेखरका लागि माग्न भन्दै धनकुटाबाट नेपाली कांग्रेस क्षेत्र नं. १ कि सभापति इन्दिरा थापा मोरङमा आजभोली व्यस्त छिन् । धनकुटाबाट झरेकी उनी त्यहाँ रहेका धनकुटेलीहरुसंग भेटेर मात्र फर्कने बताउछिन् । ‘बसाई सरेर आएका दिदिबहिनीहरुलाई डा.कोइरालाका लागि भोट माग्न तल झरेकी हुँ’ उनले भनिन्,‘राष्ट्रिय स्तरको नेतालाई भोट गर्ने अबसर खेर फाल्नु हुँदैन भनेर भोट माग्दै गरेकी छु ।’ उनले कोइरालासंग चिनजान गर्न चाहने, आफ्ना कुरा भन्न चाहनेहरुसंग कोइरालाको भेट गराउदै सम्बन्ध स्थापित गर्न थालेको बताइन् ।
‘नेताहरुका सामुने आफ्ना कुरा राख्ने र बलियो प्रतिबद्धता खोज्ने चाहना यहाँका मतदाताको रहेको पाइयो’ उनले भनिन्, ‘शेखर’दाको स्पष्ट बोल्ने र संभव हुने कुरामा मात्र प्रतिबद्धता जनाउने स्वभाव यहाँ रुचाइएको छ ।’ कांग्रेसका लागि मत माग्न शेखरको क्षेत्रमा झेरेकी उनी पुर्व पिप्रा, सुन्दर हरैचालगायतका क्षेत्रमा सक्रिय छिन् । उनी त्यहाँका स्थानीयसंग मत मागेर अन्य निर्वाचन क्षेत्रमा पनि जाने योजनामा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्