Logo

मोहन बिक्रम सिंहले आफ्नी श्रीमतिलाई भोट नहाल्ने



‘अहिलेसम्म संसदीय र स्थानीय निर्वाचनमा मत नहालेको मैले यो पाली पनि हाल्दैन ।’

प्यूठान । अर्धभुमिगत रुपमा राजनीति गरिरहेका नेकपा(मसाल)का अर्धभूमिगत महामन्त्री मोहनविक्रम सिंहले आफ्नै पत्नीलाई यसपाली मत नहाल्ने भएका छन् । उनकी पत्नि दूर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभाका लागि उम्मेदवार छिन् । उनी बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् । उनीसंग लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रा डा गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेता सिंहले मत नहाल्ने भए पनि श्रीमतिको चुनावी प्रचारप्रसारमा भने सक्रिय छन् । अर्धभूमिगत अबस्थामा रहेका कारण मत नहाल्ने उनले बताए । ‘सार्वजनिक कार्यक्रम र टेलिभिजन जस्ता दृश्य सञ्चारमाध्यममा प्रस्तुत नहुने भएकाले म अहिले पनि अर्धभूमिगत छु, पार्टी कार्यकर्ता र पत्रकारसँग चाहिँ कुरा हुन्छ’ उनले भने ।
विसं २०१५ को निर्वाचनमा आफै उम्मेदवार हुँदा पनि उनले आफुलाई मतदान गरेका थिएन । उनले भने, ‘अहिलेसम्म संसदीय र स्थानीय निर्वाचनमा मत नहालेको मैले यो पाली पनि हाल्दैन ।’

सिंह पहिलो पटक विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालीन क्षेत्र नं ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदमा उम्मेदवार थिए । त्यसबेला उनी एक हजार २ सयमत अन्तरले पराजित भएका थिए । उनलाई पराजित गरी काँग्रेसका पुरुषोत्तम अधिकारी पहिलो संसदीय निर्वाचनमा प्यूठानबाट सांसद बनेका थिए ।
राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्