३ महिनापछि भारतमा भेटिए हराएका ३ बालबालिका

३ महिनापछि भारतमा भेटिए हराएका ३ बालबालिका


विराटनगर ।

मोरङका विराटनगर महानगरपालिकाबाट हराएका तीन जना बालबालिका तीन महिनापछि भेटिएका छन्।

महानगरपालिका वडा-१८ र १९ बाट भदौ १० र २८ गते हराएका तीन बालबालिकाको सोमबार उद्धार गरिएको हो। उनीहरू खोजतलास गर्ने क्रममा भारतको कटिहार र पूर्णिया जिल्लामा फेला परेका हुन्।

५ वर्षीया बालक, ११ वर्षीया बालिका, १४ वर्षका बालकलाई उद्धार गरिएको बालबालिका खोजतलास प्रदेश समन्वयन केन्द्र (सिपिसिएस) का सुमन अधिकारीले जानकारी दिए।

उनका अनुसार उद्धार भएका दुई बालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ।

१४ वर्षीया बालकको परिवार फेला नपरेको हुँदा बालकलाई अस्थायी संरक्षणका सिपिसिएस बेलबारी मोरङमा राखिएको छ।