Logo

प्रधानमन्त्री देउवाद्धारा नेता निधिलाई नआत्तिन आग्रह



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिनु भएको छ । छातीमा समस्या देखिएपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना भएका थिए।

श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ।
डा ढकालले प्रधानमन्त्री देउवालाई नेता गप केहि दिन अस्पतालमा राख्न पर्ने जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले नेता निधिलाई नआत्तिन आग्रह गर्नुभउको थियो ।

चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको छ।
जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी आज नै काठमाडौँ आएका थिए।

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्