Logo

चीनबाट खोसेर भारतलाई सुम्पिँदै बूढीगण्डकी



काठमाडौँ । चिनिया कम्पनीसँग खोसिएको बूढढीगण्डकी जलविद्युत् आयोजना भारतीय कम्पनीलाई सुम्पने तयारी सरकारले गरेको छ ।

बेलायती समाचार संस्था रोयटर्सले भारतको सरकारी कम्पनी एनएचपिसीले उक्त आयोजना निर्माण गर्न चाहेको र त्यसबारेमा नेपालसँग छलफल समेत भइसकेको खुलासा गरेको छ ।

एनएचपिसीका अध्यक्ष बलराज जोशीलाई उधृत गर्दै उक्त कम्पनीले बूढीगण्डकी आयोजनाको प्राविधिक–आर्थिक पक्षको अध्ययन गरिरहेको रोयटर्सले जनाएको छ ।

जोशीले शुक्रबार रोयटर्ससँगको कुराकानीमा उक्त आयोजना निर्माणका लागि एनएचपीसी तयार रहेको बताएका समाचार नागरिक दैनिकमा छ ।

यसैगरी भारबाट आइतबार प्रकाशित पत्रिका ‘इन्डियन एक्सप्रेस’ले पनि बूढीगण्डकी आयोजनामा चीनसँगको कूटनीतिक सम्बन्ध असफल भएको भन्दै चिनिया कम्पनीबाट खोसिएको उक्त आयोजना भारतीय कम्पनीले निर्माण गर्न लागेको खुलासा गरेको छ ।

भारतीय कम्पनी जीएमआरले ९ सय मेगावाटको माथिल्लो कर्णाली बनाउँदैछ । यसैगरी अर्को भारतीय कम्पनी एसजेभिएन (सतलज) लिमिटेडले बहुप्रतिक्षित अरुण तेस्रो आयोजना बनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्