संघीय सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

संघीय सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा


काठमाडौं ।

संघीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीसहितको संवैधानिक इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइका लागि बुधबार पेसी तोकिएको थियो ।