गरिमा विकास बैंकले घटायाे ब्याजदर, आजदेखि लागू हुने

गरिमा विकास बैंकले घटायाे ब्याजदर, आजदेखि लागू हुने


काठमाडौँ ।

राष्ट्रिय स्तरको विकास बैंक गरिमा विकास बैंकले आज (बुधबार)देखि नै लागू हुने गरी निक्षेप तथा ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

मंसिर १ गतेदेखि लागू भई हाल कायम पुरानो ब्याजदरमा सामान्य घटाउँदै गरिमाले नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएको हो ।
गरिमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ यसअघि अधिकतम ९.७५ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ९.४० प्रतिशत कायम गरेको हो ।

नयाँ ब्याजदरअनुसार एकवर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३० प्रतिशत, एकवर्ष वा सोभन्दा बढी अवधिका लागि ९.४० प्रतिशत कायम गरिएको छ । संस्थागत तर्फ १ वर्षभन्दा कम अवधिका लागि ७.३० र सोभन्दा बढी अवधिका लागि ७.४० प्रतिशत ब्याजदर तोकिएको छ ।

यसअघि व्यक्तिगततर्फ एक वर्षभन्दा कम अवधि तथा एक वर्षभन्दा बढी अवधिका लागि क्रमशः ९.५० र ९.७५ प्रतिशत तोकिएको थियो ।

गरिमा विकास बैंकले बचततर्फ अधिकतम ब्याजदर ४.७५ प्रतिशत तोकेकोमा घटाएर ४.४० प्रतिशत कायम गरेको छ ।