आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा


काठमाडौं ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।

उनले आजै दिउँसो ४ बजे वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । उनले राजीनामापत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पुष्टि गरे ।

तर राजीनामा स्वीकृत भएकाे छैन ।

निगममा २१ महिना नेतृत्व लिएका थानीले निगमलाई ऋणमुक्त बनाएका छन् ।