Logo

थप भारतविरुद्ध चम्केका नेपाली हिरोहरू



काठमाडौ। नेपाल युवा क्रिकेटरको टोलीले विश्व विजेता टेस्ट मान्यता प्राप्त बलियो टोली भारतमाथि ऐतिहासिक जीत निकाल्न सफल भएका छन् ।

एसीसी यू–१९ क्रिकेट अन्तरगत समूह चरणको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाली टोलीले क्रिकेटको ‘वादशाह’ मानिने साविक विजेता भारतमाथि १९ रनको ऐतिहासिक जीत दर्ता गराए ।

भारतविरुद्ध इतिहासकै पहिलो जीत दर्ता गराउने क्रममा कप्तान दीपेन्द्र सिंह ऐरी नायक बने । भारतको ४ विकेट लिँदै नेपालका लागि ८८ रन बनाएका उनी यो खेलको म्यान अफ द म्याच समेत भएका छन् ।

भारतविरुद्ध सनसनीपूर्ण जीत दर्ता गराउने क्रममा ऐरीको प्रदर्शन ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट रह्यो । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा दीपेन्द्र अब्बल मानिए ।

प्रतिक्रिया दिनुहोस्