सिमेक्स इन्कोद्वारा ११ डिसी फास्ट चार्जर जडान

सिमेक्स इन्कोद्वारा ११ डिसी फास्ट चार्जर जडान


काठमाडाै‌ । 

बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिमेक्स इन्को प्राइभेट लिमिटेडले देशका मुख्य स्थानमा ११ डिसी फास्ट चार्जर जडान गरेकाे छ ।

नयाँ जडित डिसी फास्ट चार्जर देशका मुख्य सहरहरु पोखरा, नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ।

यी चार्जरमध्ये १० वटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिनेछन् भने मूलकोटमा जडित चार्जर भने ६० किलोवाट क्षमताकाे छ ।

चर्जिङ स्टेसनबारे जानकारी र लाेकेसनका लागि सिमेक्सको अधिकारिक वेबसाइटमा गएर हेर्न सकिने छ।

२०२३ को अन्त्यसम्ममा थप १८ डिसी फास्ट चार्जर सञ्चालनमा ल्याइने कम्पनीले जनाएकाे छ।