फर्पिङबाट हिरासहित १ भारतीय नागरिक पक्राउ

फर्पिङबाट हिरासहित १ भारतीय नागरिक पक्राउ


काठमाडाैँ ।

फर्पिङबाट अवैध हिरासहित १ भारतीय नागरिक पक्राउ परेका छन् ।

दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनले बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघमा लगि परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।