Logo

दोषी ठहरिए प्रचण्डलाई एक बर्ष कैद हुने


काठमाडौ । अदालतको मानहानी गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्चमा परेको रिटमाथी आजका लागि तोकिएको सुनुवाइ सरेको छ ।

प्रचण्डका कानूनि सल्लाहाकारले सुनुवाइ सार्न सर्वोच्चमा निवेदन दिएपछि सोमबारका लागि तोकिएको मुद्धाको सुनुवाई सरेको हो ।

सत्यनिरुपण आयोगको क्षेत्राधिकार सम्बन्धमा सर्वोच्चले गरेको निर्णय विरुद्ध प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको मानहानी गरेको भन्दै रिट दायर भएको थियो ।

माओवादीले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले ‘शान्ति प्रक्रियाको भावना विपरित जान अदालतलाई कसले छुट दियो रु अदालतको आदेश मान्दैनौ’ भन्ने खालको अभिव्यक्ति दिएको दावी सो रिटमा गरिएको छ । अदालतको आदेश विरुद्ध अभिव्यक्ति दिएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ साल जेठमा सर्वोच्चमा मानहानिको मुद्धा हालेका थिए ।

अदालतको मानहानीमा दोषी ठहरिएमा न्यायप्रशासन ऐनको दफा १७ को उपदफा १ अनुसार एकबर्ष कैद र १० हजार जरिवाना हुने कानूनी व्यबस्था रहेको छ । सोही कानुन अनुसार प्रचण्ड दोषी ठहरिए उनलाई एक वर्षको कैद हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्