Logo

कांग्रेसले किन ४ जना केन्द्रिय सदस्यलाई दिएन टिकट


काठमाडौ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनको नेपाली कांग्रेसले चार जना केन्द्रिय सदस्यले प्रत्यक्षमा टिकट पाएका छैनन् । काग्रेसमा प्रभावशाली महिलाको रुपमा स्थापित नेता कमला पन्त युवा विच लोकप्रिय रहेका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे र बद्री पाण्डे अनि जनजाती बिच लोकप्रिय मानिने बहादुर लामालाई पार्टी सभापति शेर बहादुर देउवाले नै टिकट नदिएको नेपाली काग्रेस निकट श्रोतले बताएको छ ।

वाजुराबाट प्रतिनीधिसभा सदस्यका लागि दाबि गरिरहेका नेपाली कांग्रेसका युवा नेता एंव केन्द्रीय सदस्य बद्री पाण्डेले टिकट पाएन । उनी यो भन्दा अगाडि समानुपातिक तर्फबाट सांसद थिए । पाण्डे यो पटक प्रत्यक्ष टिकट पाउने आशमा थिए । तर सिंगो प्रदेश नम्बर सातमा पार्टी सभापति शेरबहादुर देउवाको दबदबा रहेका कारण उनले टिकट नपाएको चर्चा छ । पाण्डे कांग्रेस बरिष्ठ नेता पौडेल निकट मानिन्छन् ।

त्यसैगरि गोरखा क्षेत्र नम्बर दुईबाट टिकटको दाबि गरिरहेका केन्द्रीय सदस्यद्धय कमला पन्त र सुरेन्द्रराज पाण्डेले पनि टिकट पाएनन् । उनीहरु दुवैको नाम समानुपातिक तर्फको सुचिमा रहेको छ । गोरखा दुई नयाँ शक्ती पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई दिनु पर्ने भएकाले उनीहरुको टिकट खोसिएको हो । पन्त अघिल्लो पटक समेत समानुपातिक तर्फ सांसद थिइन् ।

त्यस्तै केन्द्रीय सदस्य बहादुरसिंह लामाले पनि यो पटक टिकट पाएनन् । उनलाई समानुपातिकको सुचीमा समावेश गरिएको छ । उनी यो भन्दा अगाडि नुवाकोट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद थिए । अहिले नुवाकोट दुई वटा क्षेत्रमा मात्र सिमित भएको र डा रामशरण महत र अर्जुननरसिंह केसीलाई उम्मेदवार बनाएका कारण लामा टिकटबाट बञ्चित भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य रहेका बलबहादुर केसी सोलुखुम्बुबाट प्रतिनीधिसभा सदस्यमा, भीष्मराज आङदम्बे, पाँचथरबाट प्रतिनीधिसभा सदस्यमा र जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । त्यस्तै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ वाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार बनेका छन् । डा रामशरण महत नुवाकोट १ वाट, अर्जुननरसिंह केसी नुवाकोट २ वाट र चीनकाजी श्रेष्ठ गोरखा १ बाट प्रतिनीधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्