Logo

उपसभापति दिने शर्तमा पार्टी एकिकरण गरेको गच्छदारको खुलासा


विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रधानमन्त्री शेर बहादुर देउवासंग आफुलाई उपसभापति बनाउने समझदारीमा पार्टी एकिकरण गरेको खुलासा गर्नुभएको छ । उहाँले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले लोकतान्त्रिक फोरम र काँग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा काँग्रेस लहर उत्पन्न भएको जानकारी दिनुभयो ।
उहाँले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफु सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्