पूजा नगरी बासमती धान काटेको भन्दै किसानलाई २५ हजार जरिमाना तिराइयो

पूजा नगरी बासमती धान काटेको भन्दै किसानलाई २५ हजार जरिमाना तिराइयो


???? ???????? ??? ????? ??????? ,?? ??????? ????? ?????? ?????????????? ? ???????????? ????? ???? ???? ???????? ???????? ??? ?????? ???? ???????? ?????? ???? ??????? ???????? ????????? ??? ???? ? ? ?????? ??????? ??????? ????

बारा ।

गाउँको पूजा हुनुअघि बासमती धान काटेपछि स्थानीय किसान दण्डित भएका छन् ।

टोलमा रहेको बौद्धीमाइको पूजापछि मात्र बासमती धान काट्ने परम्परा छ ।

महागढीमाई नगरपालिका–५ बगडमपुर टोलका रामनारायण साह सोनारले मेसिनबाट बासमती धान काटेपछि सो टोलका स्थानीयहरूले जरिवाना गरेका हुन् ।

स्थानीय पूजापछि मात्र बासमती धान काटेर चढाइन्छ, त्यसलाई ‘नेवानी’ भनिन्छ । नेवानी गरेपछि मात्र बासमती खेती गर्नेहरू धान काट्न सुरु गर्छन् । किसान सोनारले पूजा हुनुअघि बासमती धान काटेपछि गाउँलेहरू आक्रोशित भएका छन् ।

टोलका स्थानीयले किसान सोनारलाई यस वर्षको पूजाको सबै खर्च करिब २५ हजार रुपैयाँ व्योर्होनु पर्ने जरिवाना सुनाएका छन् । सोनारको आमाले माफी माग्दै सबै खर्चको साटो पूजामा एउटा ८–१० किलो वजन भएको पाठी (बाख्री) स्वेच्छाले दिने बताएपछि गाउँमा सहमति भएको इनरदेवप्रसाद यादवले बताए ।

यसवर्ष पूजा गर्न, प्रतिव्यक्ति ७० रुपैयाँ सङ्कलन गरिएको छ । बासमती खेती गरे, नगरे सो टोलका सबैले चन्दा दिनैपर्छ । घरपिच्छे प्रतिपुरुषले चन्दा दिनुपर्छ, अन्य ठाउँका व्यक्तिले बासमती धान खेती गरे पनि चन्दा दिनु पर्दैन तर, पूजापछि मात्र धान काट्ने गर्छन् । उनले बताए ।

गाउँमा कुनै अनिष्ठ नहोस् भनी परापूर्वकालदेखि बौद्धीमाइको पूजा चल्दैआएको छ । पूजापछि मात्र बासमती धान काट्ने परम्परा रहेको स्थानीय अर्का अगुवा महेन्द्रप्रसाद यादवले बताए ।

बौद्धीमाइको पूजामा गाउँबाट सङ्कलन गरिएको रकमबाट खसी, पाठी र एउटा परेवा खरिदगरी बलि दिने परम्परा रहेको छ । सो सामूहिक भोजमा घरपिच्छे एक जना सदस्य सहभागी हुनेगरेको यादवले बताए ।

किसानलाई यसरी दण्ड, जरिवाना गर्नु ठिक नभए पनि परम्परा पनि बचाउन आवश्यक रहेको वडा ५ का वडा अध्यक्ष गजेन्द्रप्रसाद जैसवालले बताए ।