Logo

अनिताले बुवाको संझनामा गरिन् शिक्षक र बिद्यार्थीलाई सम्मान



श्रीकृष्ण सिग्देल,स्याङ्जा, ०६ असोज  । नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपाल मान श्रेष्ठले मुलुकको बेरोजगार समस्या हल गर्न जिवन उपयोगी शिक्षा आवश्यक भएको बताएका छन् । रोजगार मुलक शिक्षा नहुँदा मुलुकमा बेरोजगारको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अबको शिक्षा जिवन उपयोगी हुनुपर्ने जिकिर गरे । शिब प्रसाद पोखरेल प्रतिष्ठानद्धारा संचालित बिशेष शिक्षा पुरस्कार बितरण कार्यक्रममा श्रेष्ठले सरकारले सय दिनमै ठुलो चुनौती पुरा गरको बताए । पहिलाको शिक्षाले धेरै युवायुवतीहरु बेरोजगार भएको स्मरण गर्दै अबको शिक्षा जिवन उपयोगी बन्नु पर्नेमा जोड दिए । उनले संसदमा सम्सोधन प्रस्तुत गर्दा २५ र ७५ मा सम्सोधन भएको जानकारी दिए । उनले सक्षम व्यक्ति पास हुने, नया आगन्तुकहरु आउने राम्रो काम हुने बताए ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले राजनीतिक परिवर्तनमा शिव पोख्रेलको पनि योगदान रहेको बताए । पोख्रेलले ठुलो योगदान शिक्षामा गरेको स्मरण गर्दै पोख्रेल शिक्षा प्रेमीका रुपमा चित्रण गर्नुपर्ने बताए । कार्यक्रममा सांसद कमल पंगेनी र राजु थापाले विना कारण शिव पोख्रेलको हत्या भएको बताए । उनीहरुले पोख्रेलको स्मृतीमा पुरस्कार स्थापना गरेर राम्रो काम गरेको बताउदै पोख्रेल लोकतन्त्रबादी नेता भएको बताए ।

कार्यक्रममा एसइईमा सामुदायिक बिद्यालयका परिक्षार्थीबाट उत्कृष्ठ कालिका माबि झापाकोटका छात्र निशान जिटी, सार्वजनिक माबिका छात्रा आकृति न्यौपानेलाई प्रोत्साहन स्वरुप जनही १५ हजार, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

त्यस्तै प्रतिष्ठानले सामुदायिक बिद्यालयबाट उत्कृष्ठ कोल्मा बराहचौर शिक्षक सोम बहादुर राना र कोल्मा बराहचौर माबिका बिद्यालय सहयोगी हर्कबहादुर थापालाई प्रोत्साहन स्वरुप जनही ५ हजार ५ सय, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको हो ।

बि.स. २००२ पौष १४ गते स्याङ्जाको कोल्मा जन्मनु भएका पोख्रेलको अध्यपन गर्ने कोल्मा बराहचौरको काम सकेर सदरमुकामबाट फकर्ने क्रममा २०५२ आश्बिन ९ गते घटस्थापनाको दिनमा उहाँ र उहाँसगं अर्का शिक्षक ऋषिराम बाग्लेको हत्या भएको थियो ।

प्रतिष्ठानले स्मृति दिवसको अवसरमा हरेक बर्ष एसईईमा उत्कुष्ठ सामुदायिक बिद्यालका एक÷एक जना छात्र÷छात्रा र एक जना शिक्षकलाई सम्मान गर्दै आएको प्रष्ठिानका अध्यक्ष एवं संचारकर्मी तथा पोखरेलकी छोरी अनिता बिन्दुले जानाकारी दिइन । शिक्षा क्षेत्रमा सेवा गर्दागर्दै बुवाको विना कारण हत्या भएको प्रति स्मरण गर्दै अनिता विन्दुले गुणस्तरीय शिक्षा प्रदान गर्न यो पुरस्कारले महत्वपूर्ण भुमिका खेल्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्