Logo

चर्चित गायिका सेलेनाको मिर्गौला प्रत्यारोपण सफल



एजेन्सी । हलिउड नायिका तथा चर्चित गायिका सेलेना गोमेजले यसै वर्ष मिर्गौला प्रत्यारोपण गरेको खुलासा गरेकी छिन् ।
गत वर्ष किड्नी खराब भएको समाचार अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका थिए । गोमेज २०१५ देखि ‘लुपस’ रोगको कारण थलिएकी थिइन । गोमेजले यसै वर्षको मेमा आफ्नो एकल म्युजिक ‘ब्याड लायर’ लिएर साङ्गेतिक क्षेत्रमा पुनः फर्किएकी छिन् ।
सेलेनाले आफ्नो सन्देशसँगै इन्स्टाग्रामबाट किड्नी प्रत्यारोपणपछिको तस्बीर पनि सार्वजनिक गरेकी छिन्  तस्बीरमा उनी आफूलाई किड्नी दान गर्नेसँग देखिएकी छिन । २५ वर्षीय गोमेजलाई उनको मिल्ने साथी तथा नायिका फ्रान्सिया राइसाले किड्नी उपलब्ध गराएकी हुन ।

प्रतिक्रिया दिनुहोस्