पहिरोले एक्साभेटरसँगै पुरिएका चालकको मृत्यु, १८ घण्टा पछि निकालयाे शव

पहिरोले एक्साभेटरसँगै पुरिएका चालकको मृत्यु, १८ घण्टा पछि निकालयाे शव


कालिकोट ।

कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका वडा १ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएका एक्साभेटर चालकको १८ घण्टा पछि शव निकालिएको छ ।

एक्साभेटर सडक चौडा गरिरहेका बेला माथिबाट आएको सुख्खा पहिरोले एक्साभेटरसँगै पुरिएका  चालकको शरीर क्षतविक्षत भएको अवस्थामा  शव निकालिएको हो ।

कर्णाली कोरिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टान खस्दा एक्साभेटर पुरिँदा अपरेटर (चालक) को घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुने चालक पचालझरना गाउँपालिका वडा ८ खडितोलीका वर्ष ३० का धीर सज्याल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले सडक फराकिलो गरिरहेका बेला माथिबाट आएको पहिरोले एक्साभेटर ले च्यापेका कारण चालक भाग्न नपाएको बताए ।