पोल्यान्ड पठाउने भन्दै ३८ लाख झ्वाम, एक महिला पक्राउ

पोल्यान्ड पठाउने भन्दै ३८ लाख झ्वाम, एक महिला पक्राउ


काठमाडौं ।

पोल्यान्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भएर नागार्जुन बस्दै आएकी सुनिता कर्माचार्य छिन् ।

३९ वर्षीया कर्माचार्यलाई इन्द्रचोकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

कर्माचार्यले १७ जनालाई ‘पोल्याड पठाउँछु’ भनेर ३८ लाख रकम लिएर फरार भएको आरोप छ । पोल्याडमा प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार तलब आउने जागिर लगाइदिन्छु भनेर उनले पीडितहरुलाई प्रभावमा पारेकी थिइन् ।

प्रहरीले उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको छ ।