टिकटकमा अश्लील सामग्री राख्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने

टिकटकमा अश्लील सामग्री राख्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने


काठमाडौं ।

गृह मन्त्रालयले टिकटकमार्फत अश्लील सामग्री राख्नेलाई कानूनी दायरामा ल्याउने तयारी अघि बढाएको छ ।

मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाल टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउने जनाएको हो ।

त्यसैले जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारवाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायण भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

No description available.

उनका अनुसार सम्बन्धित निकायसँग छलफल गरेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।