अब अनुमति नलिई घरजग्गाको कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

अब अनुमति नलिई घरजग्गाको कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद


काठमाडौं ।

अब अनुमति नलिई घरजग्गाको कारोबार गर्नेहरुलाई सजाय हुने भएको छ ।

अनुमति नलिई घरजग्गा कारोबार गर्नेलाई २५ लाख रुपैयाँ जरिमाना, ६ महिना कैद वा दुवै सजायँ हुने भएको हो ।

यसअघि घरजग्गा व्यवसाय र कारोबारका लागि कुनै अनुमतिपत्रको व्यवस्था नभएकोमा मालपोत ऐन २०३४ संशोधनमार्फत अनुमति पत्रको व्यवस्थालाई अनिवार्य गर्न लागिएको हो ।

सरकारले पेश गरेको सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने केही नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानून, न्याय तथा मानव अधिकार समितिले परिमार्जन सहित पारित गरेको छ ।

प्रतिवेदनमा रहेको मालपोत ऐन सम्बन्धी परिमार्जित व्यवस्थामा अनुमति विपरीत घरजग्गाको कारोबार गरे कैद र जरिमानाको व्यवस्था छ ।

यसअघि त्यस्तो काममा संलग्नलाई १० लाखसम्म जरिमानाको प्रस्ताव मात्रै थियो ।