कुलेश्वरबाट बरामद १४ सय बोरा चिनी साल्ट ट्रेडिङले बेच्न थाल्यो

कुलेश्वरबाट बरामद १४ सय बोरा चिनी साल्ट ट्रेडिङले बेच्न थाल्यो


काठमाडौं ।

कुलेश्वरको (गुह्वेश्वरी ट्रेडिङ) गोदाममा लुकाएर राखेको चिनी साल्ट ट्रेडिङले बेच्न थाालेको छ ।

गत असोज ३ गते वाणिज्य विभाग र काठमाडौं जिल्ला प्रशासनले संयुक्त अनुगमनमा लेबल उल्लेख नभएको १४ सय बोरा चिनी ट्रेडिङले बेच्न थालेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको निर्देशनपछि व्यवसायीबाट खरिद गरेर चिनी बिक्री सुरु गरेको साल्ट ट्रेडिङले जनाएको छ ।

साल्टले प्रतिकिलो १०१ रुपैयाँमा गह्वेश्वरी फर्मको १४ सय बोरा चिनी किनिएको जनाएको छ । उक्त चिनी प्रतिकिलो ९७ रुपैयाँमा प्रतिपरिवार २ किलोका दरले चिनीको बिक्री भइरहेको छ ।

उक्त चिनी गुणस्तर परीक्षणपछि वाणिज्य विभागले लेबल उल्लेख नभएको कसुरमा व्यवसायी सन्तोष अग्रवाल (खेतान) लाई ३ लाख जरिवाना गरेको थियो ।