Logo

प्रवासबाट गाउँको विद्यालयलाई कम्प्युटर सहयोग


लमजुङ : रोजगारीका लागि कतार पुगेका प्रवासीहरूले लमजुङको एक विद्यालयमा २० थान कम्प्युटर प्रदान गरेका छन् । राइनास घर भई हाल कतारमा धमिलीकुवा कतार समूह सञ्चालन गर्दै आएका नेपालीले शैलपुत्री माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर उपलब्ध गराएका हुन् ।

छब्बीस जनाको समूहले दुईलाख ९० हजार रुपैयाँ रकम संकलन गरी कम्प्युटर उपलब्ध गराएको समूहका अध्यक्ष मोहन चिलवालले बताए । विदेशमा भएर पनि समाजका लागि केही गरौँ भन्ने अभिप्रायले विद्यालयलाई कम्प्युटर सहयोग गरेको चिलवालले बताए ।

“अहिले सूचना र प्रविधिको प्रयोग बढेको छ,” चिलवालले भने – “गाउँमा पढ्ने विद्यार्थीले कम्प्युटर सिक्नकै लागि गाउँ छाड्न नपरोस् ।”

विद्यालयमा उपलब्ध कम्प्युटरबाट विद्यार्थी, शिक्षक एवम् अभिभावकलाई समेत अतिरिक्त समयमा आधारभूत कम्प्युटर शिक्षा प्रदान गरिने विद्यालयका प्रधानाध्यापक बुद्धराज सेढाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्