सर्पले डसेर ६ जनाको मृत्यु

सर्पले डसेर ६ जनाको मृत्यु


दाङ ।

दाङमा २ महिनामा सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार २ महिनामा सर्पदंशका १ सय सात घटना भएका थिए ।

साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए ।

त्यस्तै साउन र भदौमा ६–६ बालबालिकालाई सर्पले टोकेको थियो ।

सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरूष तथा भदौमा एक पुरूषको मृत्यु भएको हो ।

जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ ।