भौतिक पूर्वाधारका ९ सहसचिवको सरुवा, को कहाँ पुगे ?

भौतिक पूर्वाधारका ९ सहसचिवको सरुवा, को कहाँ पुगे ?


काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक सिभिल समूह र हाइ–वे उपसमूहका ९ जना सहसचिव (उपमहानिर्देशक–सुई)हरुको सरुवा गरेको छ ।

१ जनाको काज फिर्ता भएको हो भने ८ जनाको सरूवा भएको हो ।

यसैगरी मन्त्रालयले सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरेको छ ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको छ ।

त्यसैगरी संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तरगतको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुख बनाएर पठाइएको छ ।

यस्तै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराका प्रमुख ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा उपमहानिर्देशकमा सरुवा गरिएको छ ।

यसैगरी पुष्पलाल मध्यपाहडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेललाई सडक विभागको पुलतर्फ काज फिर्ता गरिएको छ । बलात्कार आरोपमा पक्राउ परेका उनको जिम्मेवारी खोसिएको हो ।

उत्तर दक्षिण तथा व्यपारिक मार्ग विस्तार आयोजनाको प्रमुख रहेका श्यामबहादुर खड्कालाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार मौवारलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकमा पठाइएको छ । हुलाकी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख शुभराज न्यौपाने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरामा सरुवा भएका छन् ।

त्यस्तै उपमहानिर्देशक कुवेर नेपालीलाई सडक विभागको पुल आयोजना समन्वयकर्ताबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमा जिम्मा दिइएको छ ।

मन्त्रालयले डेढ महिनापछि यातायात व्यवस्था विभागमा पनि नयाँ महानिर्देशक पनि पठाइसकेको छ ।

मन्त्रालयले उद्धबप्रसाद रिजाललाई यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराई ११ साउनमा सरुवा भएर गृह मन्त्रालय पुगेपछि यातायात विभाग नेतृत्वविहीन थियो ।

हालै मन्त्रालयमा सरुवा भएर आएका रिजाललाई यातायात विभागष्मा पठाइएको हो ।