ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी, ५० जना प्रतिवादी, ३ अर्ब ५० करोड विगो कायम

ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी, ५० जना प्रतिवादी, ३ अर्ब ५० करोड विगो कायम


काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ ।

६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ ।

त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले दिएको जानकारी अनुसार ५० जनालाई प्रतिवादी बनाएको छ ।

२ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।

यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।