दुईतर्फी सञ्चालनमा आयो मुग्लिन–नारायणघाट सडक खण्ड

दुईतर्फी सञ्चालनमा आयो मुग्लिन–नारायणघाट सडक खण्ड


फाइल तस्बिर

काठमाडौं ।

पहिरो खसेर अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडक खण्डको दुईतर्फी बाटो खुलेको छ ।

आज बिहान नाम्सी खोला नजिकै सडकमा पहिरो खसेपछि सो सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा थियो ।

केही बेरअघि पहिरो पन्छाउने काम सकिएर दुईतर्फी सवारी सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको हो ।

पहिरोका कारण करिब २ घण्टा सवारी आवागमन प्रभावित भएको थियो । त्यसले सो क्षेत्रमा सवारी साधनको चाप केही बढेको छ ।